युरोपियन युनियनले सबै युरोपियन देशका आकासमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिएकी हुन् । उनले रुसका सबै प्रकारका उडानहरूलाई बन्द गराइएको आइतबार विज्ञप्तिमार्फत जानकारी दिएकी हुन् ।
उनले भनेकी छन्– ‘हामीले रुसका सबै प्रकारका उडानहरु, रुसी एयरलाइन्सका जहाजहरू र रुसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपियन देशका आकासमा बन्द गराएका छौँ ।’ रुसी सैनिक अपरेसनका कारण धेरै विमानहरु उडेका र ती विमान युक्रेनमा हमला गर्नका लागि पुगेका भन्दै त्यसमा प्रतिबन्ध लगाइएको उनले बताएकी हुन् ।
रुसले युक्रेनमाथि आक्रमण गरेको आज पाँचौँ दिन पनि रुसी सैनिकहरू युक्रेनको राजधानी किभ सहरमा छन् । राजधानी किभका सबैतर्फबाट रुसी सेनाले घेरा हालेको युक्रेनले जनाएको छ । यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडियोहरूमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।