रुसी सेनाले युक्रेनमा हमला गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति पुटिनलाई टेलिफोन सम्पर्क गरेर हिंसा नगर्न आग्रह गरेका समाचार बाहिरिएका छन् ।
बिहीबार राति भएको टेलिफोन कुराकानीमा मोदीले रुसी राष्ट्रपति पुटिनलाई ‘तत्काल हिंसा अन्त्य’ गर्न आग्रह गरेको भारतीय समाचार माध्यमले जनाएका छन् ।
प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा ‘सबै पक्षलाई मिलेर कुटनीतिक वार्ता एवं छलफलको बाटोमा’ आउन अपिल गरेको समेत उल्लेख छ ।
भारतले लामो समयदेखि ‘रुस र नेटोबीच जारी मतभेदलाई इमान्दारितापूर्वक छलफल गरेर मात्रै समाधान गर्न सकिने’ भन्दै आएको पनि मोदीको भनाइ थियो ।
त्यस्तै युक्रेनमा रहेका भारतीय नागरिक र त्यसमा पनि विशेष गरी विद्यार्थीको सुरक्षालाई लिएर मोदीले चिन्ता व्यक्त गरेको पनि भारतीय सञ्चार माध्यमहरूमा जनाइएको छ । रुसी सेनाले युक्रेनमाथि हमला गरिरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।