शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

रुसले आफूहरुलाई नष्ट गर्न चाहेको छ : युक्रेनका राष्ट्रपति


  • शुक्रबार, फाल्गुन १३ २०७८
10.5K
SHARES

फाइल तस्विर

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले पनि रुसले आफूहरुलाई नष्ट गर्न चाहेको बताएका छन् ।

एक भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले भने, ‘रुसले युक्रेनका प्रमुखलाई नष्ट गरेर राजनीतिक रुपमा नष्ट गर्न चाहन्छ । दुस्मनको निशानामा सबैभन्दा पहिला म छु र दोस्रो नम्बरमा मेरो परिवार छ ।

रसियाले युक्रेनका राष्ट्र प्रमुखलाई नष्ट गरे यहाँको राजनीतिलाई तहसनहस पार्न चाहेको राष्ट्रपतिले दाबी गरे । ‘म राजधानीमा नै बस्छु । मेरो परिवार पनि युक्रेनमा छ,’ उनले भने ।

राष्ट्रपति जेलेन्स्कीले शुक्रबार दोस्रो विश्वयुद्धपछि युरोपेली राज्यमा भएको सबैभन्दा ठूलो आक्रमणमा राजधानीतर्फ अग्रसर भइरहेका रुसी आक्रमणकारीसँग लड्दै किएभमै बस्ने बाचा गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा