बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्तपात र विध्वंशको बाटो रोजेको बताएका छन्।
बिहीबार ट्वीट गर्दै जोन्सनले पुटिनको घोषणापछि आफूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमा कुरा गरेको जानकारी दिएका छन्। अब के गर्ने भन्नेबारे हामीले छलफल गर्यौं,’ जोन्सनले भनेका छन्।
उनले बेलायत र अरू पार्टनर मुलुकले पुटिनको यो कदमको निर्णायक जवाफ दिने बताएका छन्।
यसअघि विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी कदमको भर्त्सना गर्दै विश्वले रूसलाई जवाफदेही बनाउने बताएका थिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।