शक्तिशाली मुलुक रुसका राष्ट्रपति पुटिनले छिमेकी मुलुक युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेको समाचार बाहिरिएका छन् ।
समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै नेपाली छापाहरू लेख्छन् पुटिनले पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका हुन्। पुटिनले सैन्य कारबाहीसँगै युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न समेत माग गरेका खबर बाहिरिए सँगै अमेरिकाका राष्ट्रपति बाइडेन रुष्ट बनेका छन् ।
सैन्य कारबाही घोषणा भएसँगै युक्रेनका विभिन्न भागमा बिस्फोटहरू भएको बिबिसीले उल्लेख गरेको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुतेरेसले पुटिनलाई आफ्ना सैनिकहरूलाई रोक्न र शान्तिका लागि प्रयास गर्न आग्रह गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारभरका मानिसहरूको प्रार्थना युक्रेनीका लागि भएको उल्लेख गर्दै पुटिनले यो अन्यायपूर्ण कदमको मूल्य चुकाउनु पर्ने बताएका छन्।
‘यो आक्रमणबाट हुने मृत्यु र क्षतिको एक्लो जिम्मेवार रूस हुनेछ। संयुक्त राज्य अमेरिका र यसका मित्र राष्ट्रहरूले एकतावद्ध र निर्णायक तरिकाले यसको जवाफ दिनेछन्। संसारले रूसलाई जवाफदेही बनाउनेछ,’ बाइडेनले भनेका छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।