शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

बाइडेनले पुटिनसँग वार्ता नगर्ने


  • बुधबार, फाल्गुन ११ २०७८
10.9K
SHARES

फाइल तस्विर

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता नगर्ने बताएका छन् ।

यसै साता फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोँ सँगको टेलिफोन वार्तामा बाइडेन सैद्धान्तिक रुपमा पुटिनसँग वार्ता गर्न सहमत भएको विवरण सार्वजनिक भएको थियो । राष्ट्रपति बाइडेन पुटिनसँग वार्ता गर्न इच्छुक नभएको राष्ट्रपति कार्यलय ह्वाईट हाउसले जनाएको हो ।

अमेरिकी विदेशमन्त्री एन्टिनो ब्लिनकेनले पनि रुसी आक्रमण सुरु भइसकेकोले मस्कोसँगको वार्ताको कुनै अर्थ नभएको बताएका छन् । यसअघि ब्लिनकेनले रुसी समकक्षीसँग वार्ता रद्द गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा