शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रूसी कदम लज्जास्पद: अमेरिका


  • मंगलबार, फाल्गुन १० २०७८
11.1K
SHARES

तस्विरः फाइल

अमेरिकाले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई लज्जास्पद भनेको छ।

युक्रेनी समकक्षीसँग मंगलबार बिहान टेलिफोन कुराकानीपछि ट्वीट गर्दै अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले आफूसमर्थित पृथकतावादीहरूले नियन्त्रणमा लिएको क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रूसी कदम अपेक्षित र लज्जास्पद रहेको बताएका हुन्।

रूसको उक्त कदमको भत्सर्ना गर्दै विदेश मन्त्री ब्लिन्केनले अमेरिका युक्रेनको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले यही कुरा युक्रेनी समकक्षीलाई पनि बताएको जानकारी दिएका छन्।

यसअघि युक्रेनका विषयमा छलफल गर्न बसेको संयुक्त राष्ट्र संघको सुरक्षा परिषद बैठकमा पनि अमेरिकी प्रतिनिधिले युक्रेनमा रूसी सेना शान्ति सैनिकका रूपमा पठाउने पुटिनको निर्देशन वाइयात भएको बताएका थिए।

पुटिनले सोमबार रूस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेका डोनेस्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै त्यहाँ रूसी सैनिक पठाउन आदेश दिएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा