शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को सङ्क्रमण


  • सोमबार, फाल्गुन ९ २०७८
11.2K
SHARES

फाइल तस्विर

बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को सङ्क्रमण भएको छ ।

कोभिडको सामान्य लक्षण देखिएपछि गरिएको स्वास्थ्य परीक्षणमा उहाँलाई सङ्क्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।

९५ वर्षकी महारानी आउँदो हप्तासम्म निवासमै जनस्वास्थ्यका मापदण्ड पालना गरेर बस्ने र उहाँको निरन्तर स्वास्थ्यउपचार भइरहने खबरमा उल्लेख छ । उहाँले गएको हप्ता दरबारमा केही व्यक्तिलाई भेट्नु भएको थियो।

उनीहरूमध्ये एक जना पाहुनालाई कोभिड सङ्क्रमणको स्पष्ट लक्षण देखिएको भनिएको छ । उहाँले कोभिड–१९ विरुद्धको सबै खोप लगाइसक्नु भएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले महारानी एलिजाबेथ द्वितीयको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा