भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक लाखभन्दा कम भएको छ । महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको आइतबार नै पहिलो पटक हो ।
कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि सङ्क्रमितहरुको सङ्ख्या एकाएक बढेको थियो । संघीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८७६ जना सङ्क्रमित भएका छन् ।
सोही अवधिमा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने एक लाख ९९ हजार ५४ रहेको छ । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दोब्बर भन्दा बढी रहेको छ । त्यसैले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको छ ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या ११ लाख आठ हजार ९३८ रहेको मन्त्रालयले जनाएको छ । उनीहरुका अनुसार पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारणले मात्रै ८९५ जनाको मृत्यु भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।