शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कोरोना महामारीको बेला भोजमा सहभागी भएका ब्रिटेनका प्रधानमन्त्रीले माफी मागे


  • मंगलबार, माघ १८ २०७८
7.1K
SHARES

बोरिस जोन्सन

कोरोना महामारीका बेला भोजमा सहभागी भएका कारण आलोचना भएपछि ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले माफी मागेका छन् ।

सरकारी आवास १० डाउनिङ स्ट्रिटमा आयोजित एक भोजमा सहभागी भएपछि उनको आलोचना भएको थियो । आलोचनापछि उनले संसदमा माफी मागेको बीबीसीले जनाएको छ । यद्यपि विपक्षी लेबर पार्टीले भने ‘लाच पचेको मान्छे’ भन्दै प्रधानमन्त्री जोन्सनको राजीनामा मागेको छ ।

उनले आफूबाट गल्ती भएको स्वीकार्दै छानविन रिपोर्टलाई स्वीकार गर्ने बताएका छन् । बीबीसीका अनुसार उनले भनेका छन्, ‘हामीले ऐना हेर्नुपर्छ र सिक्नुपर्छ । यसको मतलव यो होइन कि सबै कुरा नियम अनुसार नै भएको थियो ।’

विपक्षी लेबर पार्टीका नेता किर स्टार्मरले भने प्रधानमन्त्री जोन्सनले राजीनामा दिनुपर्ने आवाज सुरुदेखि नै उठाउँदै आएका छन् । उनले संसदमा पनि आफ्नो माग दोहोर्याए । उनले भनेका छन्– प्रधानमन्त्री र यस कार्यक्रमसँग सम्बन्धित सबैले आफ्नो कद आफैं घटाएका छन् । साथै उनीहरुले सरकार र जनताको विश्वास तोडेका छन् ।

यसैगरी ब्रिटेनकी पूर्व प्रधानमन्त्री टेरिजा मेले पनि संसदमा प्रधानमन्त्री जोन्सनको आलोचना गरेकी छन् । उनले भनिन्– कोरोनाका कारण प्रतिबन्ध लागू छ । ती नियमहरु प्रधानमन्त्रीलाई थाहा थियो कि थिएन भनेर जान्ने अधिकार जनतालाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा