शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

अमेरिकामा कोरोना खोप नलगाएका कर्मचारीलाई निस्काशन गरिने


  • सोमबार, माघ १७ २०७८
8.6K
SHARES

फाइल तस्विर

अमेरिकामा  एउटा कम्पनीले कोरोना खोप नलगाएका कर्मचारीहरुलाई निस्काशन गर्ने भएको छ ।

टी मोवाईलले २ अप्रिलसम्म पूर्ण खोप नलगाउनले व्यक्तिलाई निस्काशन गर्ने भएको हो । कर्मचारीलाई पठाएको आन्तरिक इमेलमा यस्तो दाबी गरिएको हो ।

२१ फेब्रुवरीसम्म पहिलो डोज लगाएका कर्मचारीहरुलाई वेतलबी बिदामा राखिने टी मोबाइलका मानव श्रमसाधन प्रमुख डिएनी किङले बताए।

प्रविधिसम्बन्धी अमेरिकी समाचार संस्था दी भर्जका अनुसार कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,, ‘टी–मोवाइलको कार्यलय कोभिड १९ विरुद्ध खोप लगाउनेका लागि मात्र पहुँच योग्य हुनेछ । ’

कर्मचारीहरुको खोप अवस्था याद राख्न कम्पनीले डिजिटल पास प्रणाली प्रयोग गरेको प्रसंगलाई पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कार्यलयका कर्मचारीलाई २ अप्रिलसम्म पूर्ण खोप आवश्यक पर्ने हामीले उनीहरुलाई जानाकारी दिएका छौं ।’तर, निश्चित भूमिका र स्थानमा केही छुट हुने जनाइएको छ । कार्यलयमा नियमित वा कहिलेकाही काम गर्ने कर्पोरेट कर्मचारीका लागि सो नीति लागु हुने जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा