शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

भारतमा फेरि ‘पेगासस’ को पिरलो, मोदीमाथि देशद्रोहको आरोप


  • आइतबार, माघ १६ २०७८
12.5K
SHARES

फाइल तस्विर

भारतको राजनीतिमा पुनः एकपटक कथित पेगासस जासुसी मामिला प्रवेश गरेको छ । शुक्रबार अमेरिकी अखबार न्युयोर्क टाइम्सले भारतले इजरायली स्पाईवेयर पेगासस खरिद गरेको एक रिपोर्ट प्रकाशित गरेपछि त्यहाँको राजनीतिमा तरंग पैदा भएको हो ।

न्युयोर्क टाइम्सको रिपोर्टलाई आधार मान्दै कतिपय विपक्षी दलले नरेन्द्र मोदी सत्तामाथि औंला ठड्याउन थालेका छन् । भारतले रक्षा सम्झौताअन्तर्गत २०१७ मा इजरायलसँग पेगासस खरिद गरेको दाबी न्युयोर्क टाइम्सको रिपोर्टमा गरिएको छ । हतियार खरिद शीर्षकको दुई अर्ब डलरको प्याकेजमा यो खरिद गरिएको बताइएको छ ।

गत वर्ष पेगासस जासुसी सफ्टवेयरको माध्यमबाट कैयौं देश नेता, पत्रकार तथा सामाजिक अभियन्ताको कल रेकर्ड गरेको विषय सार्वजनिक भएको थियो, जसमा भारतको नाम पनि सामेल थियो । त्यसपछि भारतीय राजनीतिमा आरोप(प्रत्यारोपको शृंखला सुरु भएको थियो ।

राजनीतिक दलदेखि पत्रकार र सामाजिक अभियन्तासमेतले अहिले पनि यसबारे टिप्पणी गर्न थालेका छन् । यो यतिखेर सोसल मिडियामा ट्रेन्डमा छ र मानिसहरूले यसबारे गम्भीर चर्चा गर्न थालेका छन् ।

कंग्रेस नेता राहुल गान्धीले शनिबार एक ट्विट गर्दै मोदी सरकारले देशका प्राथमिक संस्था, राजनीतिक नेताहरू र जनताविरुद्ध जासुसी गरेको आरोप लगाएका छन् । यस्तै जासुसी गर्न मोदीले पेगासस खरिद गरेको पनि उनले उल्लेख गरेका छन् । ‘फोन टेप गरेर सत्ता पक्ष, विपक्ष, सेना, न्यायपालिका सबैलाई निशाना बनाइएको छ । यो देशद्रोह हो,’ गान्धीले भनेका छन्, ‘मोदी सरकारले देशद्रोह गरेको छ ।’

तृणमूल कांग्रेस पार्टीका नेता महुआ मोइत्राले पनि न्युयोर्क टाइम्सको रिपोर्ट ट्विट गरेका छन् । कंग्रेस नेता पी चिदम्बरमले इजरायलसँग पेगासस खरिद गरेको आरोप लगाउँदै मोदीमाथि व्यंग्य कसेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा