शनिबार, साउन ९ २०८३
ताजा अपडेट

खिन्न मन बनाएर सुत्नु हानिकारक


  • आइतबार, माघ १६ २०७८
14.9K
SHARES

फाइल तस्विर

खिन्न वा दिक्क मुडमा निदायो भने बिहान उठ्दा पनि मन तनावग्रस्त हुने कुरा वैज्ञानिकहरूले पत्ता लगाका छन् ।

नर्थवेस्टर्न विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार मुड खराब अवस्थामै सुतेकाहरूको स्टेस हर्मोन बिहान उठ्दा निकै बढ्ने पाइयो । यस्तो हर्मोनले मुटुको रोगदेखि डिप्रेशनजस्ता मानसिक रोगसमेत ल्याउने कुरा विज्ञहरु बताउँछन् ।

अनुसन्धानमा संलग्न एक डाक्टर एमा एडमका अनुसार यदि पारिवारिक कलहकै कारण मन खिन्न भइरहेको छ भने पहिला संवाद गरी कुरो टुङ्गो लगाउनुस् अनि मात्र सुत्न जानुस् ।

त्यस्तै बिछ्यौनाबाट उठ्नुअघि आफ्ना पार्टनरलाई अँगालो हाल्न नबिर्सनुस् । यसबाट अक्सिटोसिनजस्ता मन प्रफुल्ल पार्ने हर्मोन क्रियाशील हुन्छ ।

-एजेन्सीको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा