शनिबार, साउन ३० २०८३
ताजा अपडेट

महँगीको प्रश्नमा भड्किए बाइडेन, पत्रकारलाई भने, ‘स्टुपिड सन अफ बिच’


  • मंगलबार, माघ ११ २०७८
10.7K
SHARES

तस्विरः फाइल

अमेरिकामा बढ्दो महँगीको प्रश्नमा राष्ट्रपति जो बाइडेन यति रिसाए कि उनले पत्रकार सम्मेलनमा प्रश्न सोध्ने पत्रकारलाई गाली गरे । बाइडेनको यो भिडियो सोसल मिडियामा चर्चाको विषय बनेको छ ।

वास्तवमा फक्स न्युजका पत्रकार पिटर डुसीले बाइडेनलाई लगातार बढिरहेको महँगीले मध्यावधि चुनावमा उनको पार्टीलाई कति हानी हुन्छ भनेर सोधेका थिए । बाइडेनले यसको जवाफमा यसले हानी होइन, फाइदा चाहिँ हुने बताए । त्यसपछि पत्रकारलाई ‘स्टुपिड सन अफ बिच’ भने ।

बाइडेन  यसअघि पनि पत्रकारमाथि जाइलागिसकेका छन् । अघिल्लो हप्ता, फक्स न्युजकी एक महिला पत्रकारले युक्रेनको मामिलामा रुसका राष्ट्रपतिले पहिलो कदम उठाउनका लागि तपाईं किन प्रतीक्षा गरिरहनुभएको छ भनेर प्रश्न सोधेकी थिइन् ।

यस्तोमा बाइडेनले कस्तो मूर्खतापूर्ण प्रश्न सोधेका होला भनेर रिस पोखे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा