जो बाइडेन २० जनवरीमा अमेरिकी राष्ट्रपतिको रुपमा आफ्नो पहिलो वर्ष पुरा गर्दैछन् । ७९ वर्षका बाइडेन अमेरिकाकै सबैभन्दा जेठा राष्ट्रपति हुन् । पछिल्लो निर्वाचनमा बाइडेनलाई ४५ वर्ष भन्दा कमका ६६ प्रतिशत मानिसले भोट दिएका थिए ।
सन् २०२१ को डिसेम्बरको सर्वेक्षणमा बाइडेनलाई अब यसै समूहका ५० प्रतिशत मानिसको समर्थन प्राप्त भएको छ । आफ्नो लोकप्रियता फर्काउन उनले चिनियाँ प्लेटफर्म टिक–टकको सहारा लिदैँछन् । चुनावको समयमा उनले यसको घोर बिरोध गरेका थिए ।
बाइडेनले ट्वीट असाध्यै कम गर्छन् । यस्तो अवस्थामा बाइडेनको प्रचार टोली टिक–टकमा उनको भिडियो पोष्ट गरिरहेका छन् । यस टोलीमा सोशल मिडिया विज्ञ र प्रभाव पार्ने खालका मानिस पनि समावेश छन् । यसपछि टिकटकमा बाइडेनको भिडियो भाइरल हुन थालेको छ ।
केही महिनापछि हुने मध्यावधि चुनावमा डेमोक्रयाटिक पार्टीको जीतका लागि युवाहरुको समर्थन आवश्यक भएकाले पनि बाइडेनलाई यसको आवश्यकता छ ।
बाइडेनले बलिउड अभिनेत्री प्रियंका चोपडाका पति निक जोनसलाई ह्वाइट हाउसको राजदूत बनाएका छन् । निक र उनका भाइसँग बाइडेनले एउटा भिडियो बनाएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।