शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पाकिस्तानमा भारी हिमपात, कठ्याङ्ग्रिएर २१ जनाको मृत्यु


  • आइतबार, पुष २५ २०७८
14.1K
SHARES

फाईल तस्बिर

पाकिस्तानको उत्तरी क्षेत्रमा भारी हिमपातपछि कठ्याङ्ग्रिएर कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षपछिकै भारी हिमपात भएको हो । हिमपातले सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै रात बिताउन बाध्य भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सेनाले सडकहरू खाली गर्ने प्रयास गरिरहेको छ भने मुरीको पहाडी शहर नजिकै फसेका मानिसहरूलाई उद्धार गरिरहेको छ । इस्लामाबाद–मुरी राष्ट्रिय राजमार्गलाई बन्द गर्दै सो आसपासका जिल्लामा आपतकाल घोषणा गरिएको छ ।

आन्तरिकमन्त्री शेख रसिदका अनुसार हिमपातका कारण करिब १ हजार सवारी साधन राजमार्गमा फसेका थिए । राजधानी इस्लामावादको उत्तरमा रहेको पर्यटकीय क्षेत्र मुरीमा थुप्रै पर्यटकहरू अलपत्र परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

हालैका दिनहरूमा असामान्य रूपमा भारी हिमपात हेर्न १ लाख भन्दा बढी कारहरू मुरी प्रवेश गरेका थिए । यसले शहरभित्र र बाहिर जाने सडकहरूमा ठूलो ट्राफिक जाम भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा