भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १,१७,१०० नयाँ संक्रमित भेटिएका छन् । बिहिबारको तुलनामा २८.८ प्रतिशत बढी संक्रमित भेटिएका छन् । बुधबार भारतमा कोरोनाका ९० हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका थिए ।
भारतमा ७ महिनापछि दैनिक संक्रमितको संख्या १ लाख पार भएको छ । यसअघि ६ जुनमा एक लाख बढी संक्रमित भेटिएका थिए ।
भारतमा हालसम्म ३,५२,२६,३८६ नयाँ संक्रमित भेटिइसकेका छन् । यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३०२ जनाको मृत्यु भएको छ । हालसम्म यहाँ ४.८३ जनाको मृत्यु भइसकेको छ ।
भारतमा निको हुने दर ९७.५७ प्रतिशत छ । पछिल्लो २४ घण्टामा यहाँ ३०,८३६ बिरामी निको भएका छन् । हालसम्म यहाँ ३,४३,७१,८४५ जनाले कोरोनालाई जितिसकेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।