शनिबार हाइटीको स्वतन्त्रताको वर्षगाँठको अवसरमा एक कार्यक्रमका बेला बन्दुकधारीले देशका प्रधानमन्त्री एरियल हेनरीको हत्याको कोसिस गरेका छन् । हाइटीका अधिकारीले यसबारे जानकारी दिएका हुन् ।
हेनरी उत्तर शहर गोनावेसस्थित एक चर्च समारोहमा भाग लिइरहेका थिए । सार्वजनिक भिडियोमा प्रधानमन्त्री र उनको खलको कार तीब्र गोलीबारीबीच बचेर निस्किएको देखिएको छ । अघिल्लो वर्ष जुलाईमा राष्ट्रपति जोवेनेल मोसेको हत्यापछि देशमा सुरक्षाको स्थिति बिग्रदैँ गइरहेको छ ।
हालै प्रधानमन्त्री हेनरीले देशमा अपहरण गर्नेहरु र देशभरी ग्यास वितरणमा अधिकांश हिस्सामा नियन्त्रण गर्ने शक्तिशाली गिरोहमाथि कडा कारवाही गर्ने संकल्प लिएका थिए । ग्यास वितरणको हिस्सामा कब्जाका कारण हाइटी इन्धनको गम्भीर कमीसँग जुधिरहेको छ ।
प्रधानमन्त्री कार्यालयले हत्याको कोसिसको पछाडि लुटेरा र आतंकवादी भएको र संदिग्धलाई पक्राउ पुर्जी जारी गरिरहेको जानकारी दिएको छ ।
समाचार एजेन्सी असोसिएटेड प्रेसका अनुसार प्रधानमन्त्रीमाथि हमला गर्ने समूह पर्दाको पछाडि लुकेर काम गर्ने र उनीहरुले चर्चका पादरीलाई धम्काएको र चर्चलाई चारैतिरबाट घेरेका थिए ।
स्थानीय मिडियालाई उद्धृत गर्दै हमलाकर्ता र सुरक्षाबलबीच भएको यो मुठभेडमा एक व्यक्तिको मृत्यु भएको र दुईजना घाइते भएको बताइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।