शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

भारतका २३ राज्यमा फैलियो ओमिक्रोन, १५२५ जना संक्रमित


  • सोमबार, पुष १९ २०७८
11.8K
SHARES

फाइल तस्विर

भारतमा पछिल्लो २४ घन्टामा ९६ नयाँ ओमिक्रोन संक्रमित भेटिएका छन्। यो सँगै कुल ओमिक्रोन संक्रमितको संख्या १५२५ पुगेको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतका २३ राज्यमा ओमिक्रोनको संक्रमण फैलिएको छ। जसमध्ये महाराष्ट्रमा सबैभन्दा बढी ४६० जनामा ओमिक्रोन देखिएको छ भने दिल्लीमा ३५१ जनामा संक्रमण देखिएको छ।

यस्तै तमिलनाडुमा ११७, गुजरातमा १३६ तथा केरलामा १०९ जना ओमिक्रोनका नयाँ संक्रिमत फेला परेका छन्।

यस्तै राजस्थानमा ६९, तेलंगानामा ६७, हरियाणामा ६३, कर्नाटकमा ६४, आन्ध्र प्रदेशमा १७, पश्चिम बंगालमा २०, उडिशामा १४, मध्य प्रदेशमा ९, उत्तर प्रदेश र उत्तराखण्डमा ८-८, चण्डीगढ र जम्मू-कश्मीरमा ३-३, गोवा, हिमाञ्चल प्रदेश, लद्दाख, मणिपुर र पञ्जाबमा एक-एक संक्रमित फेला परेका छन्।

यसअघि डिसेम्बर २ मा पहिलो ओमिक्रोन संक्रमित भेटिएको भारतमा एक महिनामै १५०० भन्दा बढीमा संक्रमण देखिएको छ।

यो सँगै भारतमा पछिल्लो २४ घन्टामा २८ हजार ४ सय ५८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा