महाराष्ट्रमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
पछिल्लो २४ घन्टामा महाराष्ट्रमा १९८ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । नयाँ भेरियन्ट निकै संक्रामक भएको विज्ञहरुले बताउँदै आएका छन् ।
भारतमा कोभिड संक्रमित बढेपछि कर्फ्यूलगायतका प्रतिबन्धात्मक व्यवस्था लागु गरिएका छन् । संक्रमण बढेपछि नयाँ दिल्ली र उत्तर प्रदेशमा यसै साता रात्रीकालिन कर्फ्यू लगाइएको छ ।
नोभेम्बरको अन्त्यदेखि दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन अहिले विश्वका विभिन्न देशहरुमा फैलिएको छ । भारतमा अहिलेसम्म ९६२ जना ओमिक्रोन संक्रमित भेटिएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।