शनिबार, साउन ९ २०८३
ताजा अपडेट

चीनमा ३८ दिनको शिशुलाई कोभिड संक्रमण


  • बिहिबार, पुष १५ २०७८
8.8K
SHARES

सांकेतिक तस्बिर

चीनमा ३८ दिनको एक शिशुलाई पनि कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो समय कोभिडको मुख्य केन्द्रबिन्दु बनेको देशको उत्तरपश्चिम क्षेत्रस्थित सियान सहरका शिशुलाई संक्रमण भएको हो ।

पछिल्लो २४ घन्टामा सियानमा एकैदिन १७५ जनामा कोभिड देखिएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार सियान सहरमा संक्रमित हुनेहरुमध्ये ३८ दिनका शिशु सबैभन्दा कम उमेरका हुन् । त्यस्तै, ८५ वर्षीय एक वृद्धा पनि संक्रमित भएका छन् ।

सियानमा लगातार तेस्रो दिन एक सय भन्दाबढी संक्रमित भेटिएका छन् । संक्रमण बढेसँगै सियान सहरमा यात्रा प्रतिबन्ध लगाइएको छ भने कोभिड परीक्षण तीव्र पारिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा