शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

हङकङमा स्वतन्त्र समाचार संस्थाका सम्पादकसहित ६ जना पक्राउ


  • बुधबार, पुष १४ २०७८
7K
SHARES

फाइल तस्विर

हङकङ सरकारले एउटा स्वतन्त्र समाचार संस्थाबाट ६ जनालाई पक्राउ गरेको छ । समाचारमार्फत राज्यविरुद्ध षडयन्त्र गरेको आरोप लगाउँदै प्रहरीले स्ट्यान्ड न्युज समाचार संस्थाका वर्तमान तथा पूर्व सम्पादकहरुसहित केही कर्मचारीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा स्ट्यान्ड न्युजका वर्तमान तथा पूर्वसम्पादकहरु छन् । त्यस्तै, प्रकाशनगृहका पूर्व बोर्ड सदस्य तथ पप स्टार डिनाइज हो पनि पक्राउ परेकी छिन् ।

आफूलाई प्रहरीले पक्राउ गरेर पश्चिम जिल्ला प्रहरी स्टेसनमा राखेको उनले आफ्नो फेसबुक पोस्टमा जानाकारी दिएकी छन् । पक्राउ पर्ने अन्य व्यक्तिहरु ३४ देखि ७३ वर्षका छन् ।

प्रकाशन गृहमा छापा मार्न २०० भन्दा प्रहरी अधिकारी पठाइएको र प्रहरीले सो प्रकाशनगृहमा अझै पनि खानतलासी गरेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रकाशनगृहका समाचारसम्बन्धी कागजात नियन्त्रण गर्न आफूहरुले अधिकार पाएको एक विज्ञप्तिमा प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा