जन्म दिनको एक दिनअघि सलमान खानलाई विषालु सर्पले एक पटक होइन ३ पटक टोकेको थियो ।
यो खबरले उनका सबै फ्यानहरुलाई चिन्तित बनाएको थियो । यद्यपि केही घन्टाको उपचारपछि सलमान खानलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
सलमान क्रिसमस र आफ्नो जन्मदिन मनाउन पनवेलमा रहेको फार्महाउस गएका थिए । अब आएर भने सर्पले टोकेको कुरा उनी स्वयंले नै मिडियालाई बताएका छन् ।
‘एउटा सर्प फार्म हाउसको भित्र आएको थियो । मैले लठ्ठीको सहयोगमा त्यसलाई बाहिर फ्याक्ने कोसिस गरेँ । तर यसो गर्दागर्दै सर्प मेरो हातमा चढ्यो । मैले त्यसलाई समातेर हटाउन चाहेँ, तर त्यति नै बेला त्यसले मलाई तीनपटक टोक्यो । त्यो एक विषालु सर्प थियो । सर्पले टोकेपछि म करिब ६ घण्टा अस्पतालमा रहेँ । यद्यपि, अहिले म ठिक छु,’ सलमानले बताए ।
‘अस्पतालमा राम्रो सुविधा हुनु मेरा लागि राम्रो थियो । अस्पतालमा सबै किसिमका एन्टि भेनम थियो । हाल सम्म सबै प्रकारका एन्टि भेनम (क्रेट, वाइपर, कोबरा) सबैको खोप लिइसकेको छु,’ सलमानको भनाई थियो । पछि समातेर सर्पलाई जंगलमा लगेर छोडिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।