ओमिक्रोन संक्रमण बढेपछि उत्तर प्रदेशमा रातको समयमा कर्फ्यू घोषणा गरिएको छ । शुक्रबारदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको हो । यसको अतिरिक्त उत्तर प्रदेशमा थप प्रतिबन्धहरु घोषणा गरिएका छन् ।
जसअनुसार विवाह र सामाजिक कार्यमा २०० जनालाई मात्र सहभागी हुन अनुमति दिइएको छ । सामाजिक जमघटमा कोभिडसम्बन्धी सम्पूर्ण मापदन्ड पालना गर्नुपर्नेछ ।
यसअघि बिहीबार मध्य प्रदेशमा रात्रिकालीन कर्फ्यू लगाइएको थियो । कोभिडको कारण जनाउदै राति ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यू लगाइएको मध्ये प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले बताए । मध्य प्रदेशमा अहिलेसम्म ओमिक्रोनका बिरामी भेटिएका छैनन् ।
भारतमा अहिलेसम्म २३६ जनामा ओमिक्रोन भेरियन्ट देखिएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।