शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेतृ सुकीलाई चार वर्ष जेल सजाय


  • सोमबार, मंसिर २० २०७८
10K
SHARES

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय सुनाइएको छ । सेनाविरुद्ध भडकाउ गतिविधि गरेको र कोभिड नियम उल्लंघन गरेको आरोपमा सुकीलाई म्यानमारको अदालतले चार वर्षको जेल सजायँ सुनाएको हो ।

७६ वर्षीया सुकीमाथि भ्रष्टाचारलगायतका आरोपमा मुद्दा चल्दै आएको छ । आज भने उनीविरुद्ध सेनाविरुद्ध भड्काउ गतिविधि गरेको र कोभिड नियम उल्लंघन गरेको मुद्दामा फैसला सुनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

म्यानमारमा गत वर्ष नोभेम्बरमा भएको आम निर्वाचनमा सुकीको पार्टीले जित हासिल गरेको थियो । तर त्यहाँको सेनाले चुनावमा धाँधली भएको भन्दै निर्वाचन परिणाम अस्वीकार गर्दै आएको छ । साथै सुकीलगायतका सत्तारुढ नेताहरुलाई जेलमा हालेर शासन सत्ता आफ्नो हातमा लिएको छ ।

म्यानमारको सेनाले कु गरेको विरोधमा चर्किएको आन्दोलनमा १ हजार ३ सय जना नागरिकको ज्यान गइसकेको छ ।

म्यानमारमा सुकीको लोकप्रियता अझै पनि कायम छ । उनलाई सैन्य शासनविरुद्धको संघर्षको प्रतीक मान्नेहरु असंख्य छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा