शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

चिसोबाट बच्न यी ५ घरेलु खानेकुरा आजैबाट खानुहोस, ग्यारेन्टीका साथ चिसोबाट बचिन्छ…


  • शुक्रबार, मंसिर १० २०७८
14.1K
SHARES

फाइल तस्विर

अत्यधिक जाडो बढेको छ । दैनिक जनजीवन कष्टकर बनेको छ । यस्तो चिसोबाट जोगिनका लागि मानिसले आफ्नो खानपान र स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्दछ । हामीले दैनिक रुपमा चिसोबाट बच्नका लागि विभिन्न प्रहारका खानेकुरा खाने गर्छौं तर यस्ता चिजहरुको ख्याल गरिरहेका हुदैनौ । जसले चिसोबाट बस्न सकिन्छ ।

के-के खाने जाडोबाट बच्न हेर्नुहोस :

१. तील : तिलको प्रयोगले जाडो महिनामा न्यानो राख्ने काम मात्र नभई हाम्रो पाचन प्रणालीलाई पनि यसले सफा राख्ने गर्छ । यो हाम्रो भान्सामा सहजै पाइने चिज हो | हामीले ख्याल गरेका हुदैनौ यसका परिकारबाट स्वास्थ्य न्यानो रहन्छ ।

२. दालचीनी : दालचीनी पनि हामीले सधै प्रयोग गर्ने मसलाहरुमा मिलाएर खाँदा फाईदा हुन्छ | अझ जाडो महिनामा तातो दुधमा शखर र दालचीनी मिसाएर खाँदा जाडो र चिसोबाट हुने रोग लाग्न दिदैन् ।

३. लसुन : लसुनमा प्रशस्त मात्रामा एंटिबेक्टेरीयल र एंटिभाईरल गुण हुन्छ । यसले हामीलाई न्यानो राख्नुका साथै हाम्रो शरीरमा भाको कोलेस्ट्रोल पनि घटाँउदछ । लसुनको नियमित सेवनले गर्दा टाउँकोमा हुने समस्या पनि कम गर्छ ।

४. बदाम :जाडो महिनामा नियमित बदाम खानाले हाम्रो शरीर न्यानो हुन्छ । यसले स्वास प्रस्वासमा हुने समस्या बाट पनि छुट्कारा दिन्छ । यसमा ओमेगा ३ फ्याटी एसिड प्रशस्त मात्रामा पाईने हुँदा मोटोपन घटाउन पनि मदत गर्दछ र शरीर फिट राख्न पनि सहयोग गर्दछ ।

५. अदुवा :अदुवा हाम्रो भान्सामा सहजै पाहिले तरकारी अथवा मसला हो । अदुवामा प्रशस्त मात्रामा एंटीअक्सीडेन्टस् पाईन्छ जसले चिसो आयाममा स्वास्थ्य रहन सहयोग गर्दछ । यसका साथ साथै यसले शरीरमा बढी भएको प्रोटिनलाई घटाउनाका साथै एसिडिटि र मेटाबोलिजमबाट हुने सबै खालका समस्याहरु हटाउन मदत गर्दछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा