शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

र्‍यापरले गाउन थालेपछि उर्लिए हजारौं मानिस, भिडमा किचिएर ८ को मृत्यु


  • मंगलबार, कार्तिक २३ २०७८
11.8K
SHARES

फाईल तस्बिर

हालै अमेरिकी र्‍यापर ट्राभिस स्कटको कन्सर्टमा दुखद घटना भएको छ। शुक्रबार राति आयोजित एस्ट्रोवर्ल्ड म्युजिक फेस्टिभलमा ट्राभिसले गीत गाइरहँदा दर्शकहरूको मृत्यु भएको हो। कन्सर्टमा दर्शकको भिडभाडमा किचिएर र निस्सासिएर कयौं बेहोस भएका थिए। त्यही क्रममा आठ जनाको मृत्यु भएको सिएनएनले लेखेको छ।

सिएनएनका अनुसार उक्त कन्सर्ट टेक्सासको हाउस्टनस्थित एनआरजी पार्कमा भएको थियो। त्यसमा करिब पचास हजार दर्शक उपस्थित थिए।

जसै ट्राभिसले गाउन थाले, तब भिड उत्तेजित भयो। उनीहरू सबै अगाडितिर उर्लिएर हुत्तिन थाले। साह्रै कोचमकोच भएपछि अक्सिजन कम भएर मान्छेहरू बेहोस हुन र मर्न थालेको सिएनएनले लेखेको छ। यसरी मृत्यु हुनेमा १४ वर्षदेखि २७ वर्ष उमेरका छन्।

उनीहरू १४, १६ र २७ वर्षका एक एक जना र २१ र २३ वर्षका दुई जना छन् भने एक जनाको उमेर खुलेको छैन।

त्यस्तै २५ जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ। उनीहरूमध्ये पाँच जना १८ वर्षभन्दा कम उमेरका छन्।

कन्सर्टको थिचोमिचोमा परेर दर्शकको मृत्यु भइरहँदा र्‍यापर ट्राभिस गाइरहेका थिए। कन्सर्टको सार्वजनिक भिडिओमा उनी बीचमा अलमल परेका देखिएका छन्। मान्छेको भिडमा एम्बुलेन्सको साइरन र आवाज देखेपछि ‘के भइरहेको हो’ भनेर सोध्छन्।

पछि दर्शक र आयोजकले भनेपछि उनले गाउन छाडेका थिए। तर भिडको अवस्था डरलाग्दो हुन थालेपछि हुस्टन प्रहरी र सुरक्षाकर्मी नै आएर कन्सर्ट रोक्नुपरेको सिएनएनले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा