चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले पछिल्ला केही वर्षयता चीन र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धमा चौतर्फी प्रभाव परेको टिप्पणी गरेका छन् । आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटमा उनले अमेरिकाले चीनको आन्तरिक मामिलामा बेइमानीपूर्वक हस्तक्षेप गरेको बताएका छन् ।
मन्त्री वाङले वर्तमान अमेरिकी काँग्रेसले ३०० भन्दा बढी चीन विरोधी विधेयकहरु पेश गरेको र ९०० भन्दा बढी चिनियाँ संस्था र व्यक्तिहरूलाई विभिन्न ढङ्गले एकपक्षीय प्रतिबन्धको सूचीमा समावेश गरेको र जसबाट सामान्य द्विपक्षीय सम्बन्धमा समेत गम्भीर आघात परेको टिप्पणी गरेका छन् ।
विदेश मन्त्री वाङका अनुसार यसका अतिरिक्त संयुक्त राज्य अमेरिकाले विश्वव्यापी स्तरमा चीनलाई दबाउन विभिन्न साना र मध्यम खालका घेराहरू निर्माण गर्दै साना र मध्यम आकारका देशहरूमा पनि सोही अनुकूलको दबाब दिइरहेको छ ।
यी अभ्यासहरू जनताको हितसँग मेल खाँदैनन् र दुई देशको र अन्तर्राष्ट्रिय समुदायको अपेक्षा अनुरूप पनि नभएको हुनाले र वर्तमान समयको विकाससँग पनि असान्दर्भिक रहेकाले चीनले यसको स्पष्ट विरोध गरेको मन्त्री वाङले स्पष्ट पारेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।