अफगान नागरिकहरू काठमाडौंमा गैरकानुनी रूपले बसिरहेका बेला नेपाल प्रहरीले पक्राउ गर्यो ।
अन्तर्राष्ट्रिय विमानस्थल वरिपरिका क्षेत्रमा उनीहरू बसिरहेका छन् भन्ने खबर पाएपछि प्रहरीको टोली खटिएर उनिहरुलाई पक्राउ गरेको थियो ।
प्रहरीले राति नै उनीहरूलाई नियन्त्रणमा लिएन। आइतबार बिहान मात्र ब्युरो त्यहाँ पुगेर ११ जना अफगान नागरिकलाई नियन्त्रणमा लियो।
उनीहरू नेपालमा अवैध रूपमा बसिरहेको प्रहरीको भनाई छ । अफगानिस्तानबाट नेपाल कसरी र किन आइपुगे भन्ने प्रश्नको उत्तर खोज्न ब्युरोले उनीहरूलाई नियन्त्रणमा लिएर महाराजगन्जस्थित कार्यालयमा ल्यायो। उनीहरूमाथि सोधपुछ गर्न भाषागत समस्या हुन सक्थ्यो। तर परिवारका बुवा भन्नेले अंग्रेजी भाषा बोल्न जान्थे। अर्को समूहबाट एक पुरूषले हिन्दी बुझ्ने रहेछन्।
प्रहरीले उनीहरूलाई दुइटा समूह बनाएर सोधपुछ गरेको हो। त्यसो गर्दा उनीहरू भारतको दिल्लीबाट स्थलमार्ग हुँदै रूपन्देहीको सुनौली नाकाबाट नेपाल भित्रिएको खुलेको छ।
छ जनाको समूह २६ दिनअघि नै काठमाडौं आइपुगेको प्रहरी उपरीक्षक महतोले बताए। पाँच जनाको परिवार भने पाँच दिनअघि मात्रै आइपुगेका थिए। छ जना असोज १२ गतेदेखि होटलमा बस्न थालेका थिए।
दिल्लीसम्म भने उनीहरू वैध तरिकाले नै पुगेका थिए। प्रहरीका अनुसार उनीहरूले अफगानिस्तानको राजधानी काबुल गत जुन-जुलाइमै छाडेका थिए। त्यो समय अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्ने घोषणा गरेका थिए। बाइडेनले अगस्ट ३१ सम्म काबुलबाट सबै सेना फिर्ता गर्ने घोषणा गरेका थिए।
त्यसैबीच अतिवादी विद्रोही समूह तालिबानले अफगानिस्तानका प्रान्तहरू कब्जा गर्न थालिसकेको थियो। यता नेपाल आइपुगेका अफगान नागरिक भने तालिबान काबुल छिर्नुअघि नै दिल्ली पुगिसकेका थिए।
उनीहरू आधिकारिक भिसा-पासपोर्ट बोकेर जहाजबाट दिल्ली पुगेको देखिएको छ। प्रहरी स्रोतका अनुसार उनीहरू तालिबानकै कारण नेपाल आइपुगेका हुन्। अफगानिस्तान फर्किन नपरे हुन्थ्यो भन्ने उनीहरूले बयान दिएको स्रोतले बतायो।