सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकलाई सेनाले नियन्त्रणमा लिएको छ ।
अलजजिरा अनलाइनले अल हदाथ टिभीलाई उद्धृत गर्दै लेखेअनुसार प्रधानमन्त्री अब्दुल्लाहलाई उनकै घरभित्र नजरबन्दमा राखिएको छ । यद्यपि यो कुराको स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको अलजजिराले जनाएको छ ।
सुडानको राजधानी खार्तुमबाट अलजजिराको रिपोर्टरले जनाएअनुसार दुरसञ्चारका साधन बन्द गरिएकाले सूचना पाउन अप्ठ्यारो भएको छ ।
यद्यपि उद्योगमन्त्री सेनाको नियन्त्रणमा रहेको कुरा भने पुष्टि भएको छ । उनी आफैंले सामाजिक सन्जालमा आफ्नो निवासलाई सेनाले घेरा हालेको उल्लेख गरेका छन् ।
सन्चारमन्त्री पनि सेनाको नियन्त्रणमा रहेको पुष्टि भएको छ ।
सुडानमा राजनीतिक संकट गहिरिएपछि यसअघि सयौं सर्वसाधारणले प्रदर्शन गर्दै सत्ता हातमा लिन सेनालाई आह्वान गरेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।