शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

चीनद्वारा हाइपरसोनिक मिसाइल परीक्षण, अमेरिकी खुफिया एजेन्सी हैरान


  • सोमबार, कार्तिक १ २०७८
9.1K
SHARES

फाईल तस्बिर

चीनले एक नयाँ हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ जुन परमाणु क्षमताले समेत सुसज्जित रहेको बताइएको छ । अझ यो मिसाइलको परीक्षण अन्तरिक्षबाट भएको रिपोर्टमा उल्लेख गरिएको छ । बेलायती पत्रिका फाइनान्सियल टाइम्सका अनुसार चीनले यो परीक्षण गत अगस्तमा नै गरेको थियो । तर यसबारे कसैले जानकारी नै पाएनन् । रिपोर्टका अनुसार हाइपरसोनिक हतियारको मामिलाको चीनको विकास देखेर अमेरिकी खुफिया एजेन्सी नै हैरान बनेको छ ।

चीनबाहेक अमेरिका, रुस र उत्तर कोरिया समेत चार देश हाइपरसोनिक प्रविधिमा काम गरिरहेका छन् । बालिस्टिक मिसाइल जस्तै हाइपरसोनिक मिसाइल पनि परमाणु हतियारयुक्त हुन्छन् र यो ध्वनिको गतिभन्दा पाँच गुणा तीव्र रफ्तारले उड्न सक्छन् । बालिस्टिक मिसाइलको तुलनामा हाइपरसोनिक मिसाइल तीव्र गतिमा लक्ष्यमा प्रहार गर्न सक्छन् । यति मात्र होइन हाइपरसोनिक मिसाइललाई ट्रयाक गर्न र यसबाट बच्न पनि निकै कठिन हुने बताइन्छ ।

अमेरिकाजस्ता केही देशले बालिस्टिक मिसाइल र क्रूज मिसाइलविरुद्ध रक्षात्मक प्रणाली विकसित गरिसकेका छन् । तर हाइपरसोनिक मिसाइललाई ट्रयाक गर्ने र यिनीहरूलाई ध्वस्त पार्ने क्षमताबारे केही भन्न सक्ने अवस्था छैन ।

अमेरिकाको कँग्रेसनल रिसर्च सेन्टर (सीआरएस) का अनुसार चीन आक्रामक रूपमा हाइपरसोनिक प्रविधिको विकास गरिरहेको छ । अमेरिकाको रक्षा मन्त्रालयले यस रिपोर्टबारे कुनै टिप्पणी गरेको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा