शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

सकियो नेकपाकाे सचिवालय बैठक, के–के भयो ?


  • शनिबार, असार ७ २०७६
21K
SHARES

काठमाडौं । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बसेको सचिवालय बैठक सकिएको छ ।

राजनीतिक प्रतिवेदन दस्तावेज तयार पार्न र कार्यविभाजन लगायत पार्टी सञ्चालनको विभिन्न विषयमा छलफल गर्न बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजित बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले युरोप भ्रमणका विषयमा सचिवालयमा जानकारी गराएको नेता बामदेव गोतमले जानकारी दिनुभयो ।

बैठकले राजनीतिक प्रतिवेदनलाई सम्पादनमा लैजाने, कार्यविभाजन, जिल्ला कमिटी इन्चार्ज र अन्य एजेन्डाहरुबारे अर्को सचिवालयको बैठकमा छलफल हुने नेताहरुको भनाइ छ ।

आन्तरिक भागबण्डा र सहमति जुट्न नसक्दा बैठकले कुनै निर्णय प्रस्तुत नगरेको नेताहरुको भनाइ छ । आगामी बैठक राजनीतिक दस्तावेज र जिल्ला इन्चार्ज, सहइन्चार्ज टुंग्ग्याउनेमा केन्द्रित रहनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा