एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको म्यानचेस्टर डर्वीको खेलमा म्यानचेस्टर युनाइटेडले कमालको जित निकालेको छ । शनिबार खरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीलाई युनाइटेडले कमालको जित निकालेको हो ।
म्यानचेस्टर युनाइटेडका लागि मार्कस रासफर्डले ब्याक टु ब्याक कमालको गोल गर्दै आएका छन् । उनले फिफा विश्वकप कतार पछि भएका हालसम्मका सबै खेलमा गोल वर्षा गराउदै युनाइटेडलार्य जित दिलाउदै आएका थिए । भने शनिबार भएको खेलमा पनि उनले गोल जितका लागि निर्णायक बन्यो ।
शनिबार भएको म्यानचेस्टर डर्वी खेलका मुख्य रुपमा सिटीका अर्लिङ हलाण्ड र रासफोर्डमाथि सबैको ध्यान तानिएको थियो । हलाण्डले यस सिजन अन्तर्गत इंग्लिस प्रिमियर लिगमा २१ गोल गर्दै शिर्ष गोलकर्ताको सुचिमा छन् । यद्यपी युनाइटेडसंगको प्रतिस्पर्धामा भने उनी चम्कद सकेनन् ।
म्यानचेस्टर डर्वीमा युनाइटेडले म्यानचेस्टर सिटीमाथि पूनरागमन जित निकाल्न सफल भएको हो । १–० ले पछि परेको स्थिति उल्ट्याएर २–१ को पूनरागमन जित निकालेको हो ।
युनाइटेडको कमालको जितमा ब्रुनो फर्नान्डेस र मार्कस रासफर्डले १÷१ गोल गरे । सिटीका ज्याक ग्रेलिसको गोल सान्त्वना बन्यो ।
ओल्ड ट्राफोर्डमा शनिबार साँझ भएको खेल निकै नै प्रतिस्पर्धातमक बनेको थियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । भने तीन गोल दोस्रो हाफमा भएको थियो ।
६०औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै भ्रमणकारी टोली सिटीलाई १–० को अग्रता दिलाए । उनले केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भएका हुन् ।
यस्तै, खेलको ७८औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले ब्राजिली मिडफिल्डर क्यासमिरोको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसपछि खेलको ८२औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडलाई खेलमा २–१ ले अघि बढाए ।
त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड २–१ गोलले विजयी हुन सफल भयो ।
यो जितसँगै युनाइटेड १८ खेलबाट ३८ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित सिटी १८ खेलबाट ३९ अंकसहित दोश्रो स्थानमा छ ।