एजेन्सी । पोर्चुगलका स्टार फरवार्ड र म्यानचेस्टर युनाइटेडले एक आपसमा सम्झौता रद्ध गरेपछि ब्याक टु ब्याक मार्कस रासफर्डले हरेक खेलमा गोल बर्षा गराउदै आएका छन् । रोनाल्डोले युनाइटेडसंगको सम्झौता रद्ध गरेर अहिले साउदी अबरको अल नासर क्बलमा अनुबन्धन भएका छन् । त्यसको फाइदा अहिले रासफर्डलाई भएको छ ।
विश्वकपपछिको खेलमा म्यानचेस्टर युनाइटेडलले अपराजित यात्रालाई कायम गरिरहेका छन् । त्यसको महत्वपुर्ण हिस्सा बनेका छन् मार्कस रासफर्ड । उनले विश्वकपपछि भएका सबै खेलमा गोल वर्षा गर्दै आएका छन् ।
यस्तै, मंगलबार राति भएको खेलमा पनि उनी हिरो सावित भए । उनी चम्किएसंग म्यानचेस्टर युनाइटेड सेमिफाइलन पुग्न सफल भएको छ ।
रासफर्डले दुई गोल गरेपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड इएफएल कप अर्थात कारवाओ कपको सेमिफाइनलमा पुगेको हो ।
युनाइटेडले घरेलु मैदानमा लिग वान क्लब चार्लटनलाई ३–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान प्रवेश गरेको हो । थप एक गोल एन्टोनीले गर्न सफल भए ।
युनाइटेडको खरेलु मैदान ओल्ड ट्राफोर्डमा उक्त खेल भएको थियो ।
खेलको २१औं मिनेटमा फ्रेडको पासबाट एन्टोनीले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमै १–० को अग्रता दिलाउन सफल भएका थिए ।
त्यसपछि खेलको ६०औं मिनेटमा एन्टोनीको स्थानमा मैदान छिरेका रासफर्डले थप दुई गोल गरे । पेलेस्ट्रीको पासमा खेलको ९०औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई २–० ले अघि बढाए ।
इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा रासफर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३–० को सहज जित दिलाए ।