शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

भोलि सार्वजनिक बिदा !


  • आइतबार, माघ १ २०७९
17.5K
SHARES

फाइल तस्विर

१ माघ, काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ । विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको हो ।

विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणा गरेको छ भने गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको जानकारी दिएको छ ।

यस्तै, सरकारले पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहेका छन् ।

सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहेका सरकारका प्रवक्ता उपप्रधानमन्त्री तथा अर्थमन्त्ती विष्णु पौडेलले जानकारी दिए ।

यस्तै, पोखरामा भएको विमान दुर्घटनापछि सोमबारका लागि निर्धारित गरिएका यति एयरलाइन्सका सम्पूर्ण नियमित उडानहरू रद्द गरेको छ । विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरूको शोकमा उडानहरू रद्द गरिएको जानकारी दिइएको हो । यद्यपि आपत्कालीन र उद्धारका उडानहरू भने सुचारु हुनेछ ।
आइतबार विहान १०ः३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११ः०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका– १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो । घटनामा ६८ जनाको ज्यान गएको पुष्टि भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा