तालिवानले सत्ता कब्जामा आएको १३ दिन, अफगानिस्तानमा डर त्रास कायमै छ । अझ त्रास झन् बढ्दो देखिन्छ । आगामी दिनमा के हुन्छ अझै भन्न सकिने अवस्था नदेखिएको सञ्चार माध्याम हरुमा हेर्न सकिन्छ ।
तालिवानले अफगानिस्तान कब्जा गरेको घोषणा गर्दै विजय उत्सव मनाइसकेको छ । उसले आगामी मन्त्रिमण्डलमा सहभागी हुने आफ्ना नेताहरुको नाम पनि घोषणा गरिसकेको छ ।
तालिवानका झन्डै ८० हजार लडाकुहरुले २ लाखभन्दा धेरै संख्यामा रहेका अफगानी सेनालाई हराएर काबुल कब्जा गरेका हुन् । सन् १९९६ मा पनि उसले काबुल कब्जा गरेको थियो र त्यसको पाँच वर्षसम्म अफगानिस्तानमा शासन तालिवानकै थियो । २००१ मा अमेरिकी र नेटो सैनिकको हमलापछि तालिबानी सत्ता ढलेको थियो । त्यसपछि तितरवितर भएका लडाकुहरु फेरि जुटेर, नयाँ सदस्यहरु थप्दै तालिवानले काबुल कब्जा गरेको हो ।
तालिबानले काबुल कब्जा गरेको १३ दिन भयो । तर यस अवधिमा सिङ्गो अफगानिस्तान उनीहरूको कब्जामा भने छैन । यहाँ तालिबान विरोधी शक्तिहरू पनि उत्तिकै सक्रिय छन् । त्यस्तै, अन्य धेरै आतङ्कवादी शक्तिहरू पनि शक्ति प्रदर्शनमा लागेका छन् । यसैको उदाहरण हो –बिहीबार काबुल विमानस्थलमा भएको आतङ्ककारी हमला । यस विस्फोटमा मर्नेको सङ्ख्या १ सय नाघिसकेको छ अबका दिनमा अफगानिस्तान कस्तो अवस्थामा पुग्छ हेर्न वाकी छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।