उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन जहाँ जान्छन् त्याहा उनको व्यक्तिगत सहयोगी हरुले उनको शौचालय टोइलेट बोकेर गएका हुन्छन् । सन् २०१५ मा दक्षिण कोरियाको सञ्चारमाध्यम डेली एनकेले पहिलो पटक यो विषय सार्वजनिक गरेको थियो ।
डेली एनके उत्तर कोरियाको समाचारमा मात्र केन्द्रित सञ्चारमाध्यम हो । उक्त सञ्चारमाध्यमका अनुसार हरेक ठाउँमा किमको लागि ब्यक्तिगत शौचालय लगिएको हुन्छ । यस्तै बिदेश भ्रमणमा गएको अवस्थामा पनि शौचालय लगिएको हुन्छ ।
सन २०१८मा किम सिंगापुरमा पुर्ब अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्न गएका थिए । त्याहा पनि उनको शौचालय लगिएको थियो ।
तर उत्तर कोरियाबाट भागेका एक पूर्व सेना तथा नर्थ कोरियन गार्ड कमान्डका सदस्य लि युन–कियोलले यो रहस्यको खुलासा गरेका छन्। उनका अनुसार सर्वोच्च नेता किम आफ्नो स्वास्थ्य अवस्थाबारे कसैलाई थाहा नहोस् भनेर व्यक्तिगत शौचालय जता पनि लैजान्छन्। उनका अनुसार शौचबाट किमको स्वास्थ्य अवस्थाबारे कसैलाई थाहा नदिन त्यस्तो गरिएको हो।
गतवर्ष किम जोङ उनको मृत्यु भएको हल्ला नै चलेको थियो। पछि उनी सार्वजनिक कार्यक्रममा उपस्थित भएपछि भने मृत्युको हल्ला अफवाह रहेछ भन्ने पुष्टि भयो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।