शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

राष्ट्रपति असरफ घानी के गर्छन ? चारै दिशाबाट काबुल प्रवेश गर्न थाले तालिबान विद्रोही

कर्मचारीहरू सरकारी भवन छाडेर भागे


  • आइतबार, साउन ३१ २०७८
10.6K
SHARES

फाइल तस्विर

तालिबान लडाकुहरू राजधानी काबुल प्रवेश गर्न सुरु गरेको अफगानिस्तानको गृह मन्त्रालय र विद्रोही समूहले जनाएको छ । आइतबार पूर्वी सहर जलालाबाद कब्जा गरेको केही घण्टापछि नै विद्रोहीहरू काबुल प्रवेश गर्न सुरु गरेको समाचार आएको हो ।

अफगान सरकार र तालिबानबीचको वार्ता स्थल बनेको दोहामा रहेका एक तालिबानका नेताले हिंसामा जोड नदिन र काबुल छाडेर जान चाहनेहरूलाई सुरक्षित रूपमा जान दिन निर्देशन दिइएको अलजजिरा लाई बताएका छन् । अब राष्ट्रपति असरफ घानीले तालिबानसँग संघर्ष गर्छन् वा आत्मसमर्पण गर्छन्, त्यो चाहिँ स्पष्ट भइसकेको छैन ।

ता, राष्ट्रपति घानीको कार्यालयका प्रमुखले ट्विटरमा काबुलका जनतालाई नअत्तालिन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘कृपया चिन्ता नलिनु होला । केही समस्या छैन । काबुलको अवस्था नियन्त्रणमा छ ।’ तालिबान विद्रोहीहरू चारै दिशाबाट राजधानी प्रवेश गर्न थालेको समाचार आए लगत्तै उनले यस्तो ट्विट गरेका थिए । शनिबार साँझ ट्विटरमा छोटो सन्देश दिएयता घानी भने सार्वजनिक रूपमा देखिएका छैनन् ।

यता, तालिबानले आफूहरू काबुल प्रवेश गर्न थालेको सूचना जारी गर्दै आफूहरू शक्ति प्रयोग गरेर काबुल कब्जा गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ । अलजजिराका रिपोर्टर चार्लट बेलिसले गोलीबारीसहित साइरनको आवाज सुनिएको बताएकी छन् । सहरमा हेलिकप्टरहरु लगातार उडिरहेको उनको भनाइ छ ।

कर्मचारीहरू सरकारी भवन छाडेर भागेका छन् भने सर्वसाधारणहरू खुला पार्कमा बस्न थालेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा