अफगानिस्तानको राजधानी कावुलबाहेक सबैजसो मुख्य शहर तालिबानले नियन्त्रणमा लिएको छ ।
मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले आज बिहान पूर्वी शहर जलालावाद सहरमा पनि नियन्त्रणमा लिएको छ ।
अफगान सुरक्षाकर्मीहरू आत्मसमर्पण शैलीमा प्रतिकारबिनै जलालावाद तालिबानलाई छोडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
तालिबान अब राजधानी काबुल कब्जा गर्न अघि बढिरहेका छन् । अमेरिकी सैनिक फिर्ता हुने क्रम अन्तिम चरणमा पुगेसँगै तालिबानले सत्ता कब्जा गर्ने रणनीति बनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।