शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

वर्ष दिनपछि एकजनामा देखियो कोरोना, पुरै शहर लकडाउन


  • बिहिबार, साउन २८ २०७८
11.7K
SHARES

फाइल तस्विर

अस्ट्रेलियाको राजधानी क्यान्बेरामा एक सातासम्म लकडाउन हुने भएको छ । वर्ष दिनभन्दा लामो समयपछि एकजना संक्रमित भेटिएसँगै स्थानीय समयअनुसार साँझ ५ बजेबाट लकडाउन गर्न लागिएको हो ।

संक्रमितमा कसरी कोरोना भेटियो भन्ने विषयमा अधिकारीहरु स्पष्ट हुन नसकेका कारण शहरको पुरै इलाकामा लकडाउन गरिएको हो । लकडाउन अवधिमा मानिसहरु अत्यावश्यक कारणबाहेक घरबाहिर निस्कन पाउने छैनन् । लकडाउन हुने तय भएसँगै सुपर मार्केटहरुमा किनमेल गर्ने मानिसको भीड बढेको छ ।

अष्ट्रेलियामा  पछिल्लो समय अति संक्रामक डेल्टा भेरियन्ट फैलनसक्ने त्रास छ । यहाँका दुईवटा शहर सिड्नी र मेलवर्नमा यो भेरिएन्ट फैलिसकेको छ, यी शहरहरु कडा लकडाउनमा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा