कूमार्फत् सत्ता हत्याएका म्यानमारका सैनिक शासकले आफूलाई देशको प्रधानमन्त्री घोषणा गरेका छन्। आइतबार टेलिभिजनमा प्रसारण भएको रेकर्डेड सम्बोधनमा सैनिक शासक मिन आङ ल्याइङ्गले आफूलाई संकटकालीन अवस्थाको प्रधानमन्त्री घोषणा गरेका हुन्।
उनले आफ्नो सरकारले बहुदलीय प्रतिष्पर्धात्मक चुनाव गराउने दाबी गरे।
‘हामीले स्वच्छ र स्वतन्त्र बहुदलीय आमचुनाव गराउने अवस्था सिर्जना गर्नु पर्नेछ,’ उनले भने,‘त्यसका लागि तयारी गर्नु पर्नेछ। म बहुदलीय चुनाव गराउने प्रतिवद्धता व्यक्त गर्दछु।’
उनले आफ्नो सरकारलाई कामचलाउ सरकार पनि भनेका छन्।
उनले सन् २०२३ को अगस्टसम्ममा अहिलेको संकटकालीन अवस्थाले आफ्नो उद्देश्य पूरा गर्ने बताए। यसको अर्थ अझै दुई वर्ष म्यानमारमा सैनिक शासन जारी रहने भएको छ। गत फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सत्ता हत्याउँदा उनले एक वर्षभित्र चुनाव गराउने बताएका थिए। अहिले उक्त समय बढाएर साढे दुई वर्ष पुर्याइएको हो।
गत वर्ष भएको चुनावमा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुचीको पार्टीले भारी बहुमत ल्याएको थियो। म्यानमारको सैनिकले उक्त चुनावमा धाँधली भएको भन्दै सांसदहरूले सपथ लिने दिने कू गरिदिएको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।