उत्तरी भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जना पर्यटकको मृत्यु भएको छ । आइतबार हिमाचल प्रदेशमा भएको उक्त दुर्घटनामा परी थप तीनजना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको एक भिडियोमा पहाडको माथिबाट खसेको ढुङ्गाले एउटा पुल नै भत्काएको देखिएको छ ।
हिमाचल प्रदेशका मुख्यमन्त्री जाइराम ठाकुरले यो घटनालाई हृदयविदारक भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा राखिएको केही भिडियोमा पुललाई पहिरोले भत्काउनुभन्दा पहिला नै आसपासमा पार्क गरेर राखिएको गाडीलाई ढुङ्गाले लागेको देखिन्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनामा आफन्त गुमाएका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । मोदीले दुर्घटनामा ज्यान गुमाउनेलाई आवश्यक राहत उपलब्ध गराउने बताएका छन् ।
हिमाचल प्रदेशका मुख्यमन्त्री ठाकुरले पीडितलाई तत्काल सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् । मृत्यु हुने आन्तरिक पर्यटकहरुमा केही राजधानी सहर दिल्लीका बासिन्दा रहेको समाचारमा उल्लेख छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।