शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

लेबनानमा ४० लाखभन्दा बढी मानिसमा पिउने पानीको अभाव : युनिसेफ


  • शनिबार, साउन ९ २०७८
11.9K
SHARES

फाईल तस्बिर

लेबनानमा १० लाख शरणार्थीसहित करिब ४० लाखभन्दा बढी व्यक्तिले सुरक्षित पानीको पहुँच गुमाउने खतरा रहेको संयुक्त राष्ट्रसङ्घ बाल कोष (युनिसेफ) ले जनाएको छ ।

यूनिसेफका अनुसार लेबनानमा बढ्दो आर्थिक सङ्कट, कोषको अभाव, इन्धन र क्लोरीन र स्पेयर पार्ट्सजस्ता आपूर्तिको अभावले आगामी चार हप्तामा देशभर बिस्तारै पानी पम्प बन्द हुने जोखिम रहेको छ ।

लेबनानका लागि युनिसेफका प्रतिनिधि युकी मोकुउले भने, “लेबनानको वर्तमान आर्थिक सङ्कटका कारण खानेपानीका उपकरण खरीद प्रक्रिया, मर्मतसुधार, पानीको उचित व्यवस्थापन र वितरण बिद्युतको अभाब र बढ्दो ईन्धन मूल्य लागतको खतराका कारण खानेपानीका स्रोतहरूलाई यथाअवस्थामा राख्न कठिन देखिएको छ । यसले ठूलो जनसङ्ख्या प्रभावित हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा