शनिबार, साउन ३० २०८३
ताजा अपडेट

चिनियाँ राष्ट्रपतिको रुपमा सी जिनपिङको पहिलो तिब्बत भ्रमण


  • शुक्रबार, साउन ८ २०७८
15.6K
SHARES

फार्ईल तस्बिर

चिनियाँ राष्ट्रपति सी जिनपिङले पदभार सम्हालेपछि पहिलोपटक चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमण गरेका छन् । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सी बुधबार तिब्बत आइपुगेका हुन् । उनी बिहीबार भ्रमण सकेर फर्किएका छन् ।

विमानबाट न्यिङ्ची शहरमा ओर्लिएका सी त्यहाँबाट रेल चढेर ल्हासासम्म आएका थिए । यो रेल सेवा केही समयअघि मात्र सञ्चालनमा आएको थियो । निर्माण सकिएपछि यो रेल सेवाले तिब्बतलाई सिचुवान प्रान्तसँग जोड्नेछ ।

सिन्ह्वाका अनुसार भ्रमणको क्रममा राष्ट्रपतिले तिब्बतको धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको भ्रमण गरेका थिए । दक्षिण एसियाली मुलुकसँग सीमा जोडिएको तिब्बत चीनका लागि रणनीतिक रुपमा निकै महत्वपूर्ण छ । गत वर्ष भारतको लद्दाखसँग सीमा जोडिएको क्षेत्रमा चीन र भारतका सेनाबीच झडप भएको थियो । उक्त झडपमा दुवैतर्फका सैनिक मारिएका थिए ।

यसअघि सन् २०११ मा सीले तिब्बतको भ्रमण गरेका थिए । जतिबेला उनी चीनको उपराष्ट्रपति थिए । १९५० मा चिनियाँ सेना तिब्बत आएका थिए । त्यसयता चीनले तिब्बतमा आफ्ना सेनाको उपस्थिति बढाउँदै लगेको थियो ।

एजेन्सीहरुको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा