शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सेल्फी खिचिरहेको बेला चट्याङ लागेर ११ जनाको मृत्यु


  • सोमबार, असार २८ २०७८
9.7K
SHARES

भारतमा चट्याङ लागेर पर्यटकको एउटा समूहका ११ जनाको मृत्यु भएको छ ।

राजस्थानको जयपुरस्थित आमेर किलाको ‘वाच टावर’ मा घुम्न गएका पर्यटकको समूह सेल्फी लिइरहेको समयमा चट्याङको सिकार भएको हो । टावरमाथि वर्षाको दृश्य समेटेर सेल्फी लिइरहेको समयमा चट्याङ खस्दा उनीहरुको मृत्यु भएको जनाइएको छ ।

स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतकमा धेरैजसो युवा छन् ।

जयपुरका कलेक्टर अनन्तसिंह नेहराका अनुसार चट्याङ लागेर ११ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । घाइतेहरुलाई सवाई मानसिंह अस्पतालको ट्रमा सेन्टरमा उपचारार्थ भर्ना गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा