कुवेतको उत्तरी शहर अल–जहराको तापक्रम ५३.५ डिग्री सेल्सियस पुगेको छ । गत आइतबार मापन गरिएको यो तापक्रमले कुवेत विश्वकै सबैभन्दा बढी गर्मी हुने स्थानमा दरिएको छ ।
बढ्दो तापक्रमले गर्दा दैनिक जनजीवन प्रभावित भएको छ भने त्यहाँका रेष्टुरेन्ट तथा बजारहरु बन्द गरिएका छन् । बाटोमा पैदल यात्रीको संख्या पनि शून्यमा झरेको छ । गत साता कुवेतको अधिकतम तापक्रम ५० डिग्री मापन गरिएको थियो ।
एक निर्माण कम्पनीका मालिक मोन्सुर अल–ओतइबीले अत्यधिक गर्मीका कारण आफ्नो कम्पनीमा कार्यरत मजदुरहरुले काम गर्न नसकेको बताए । बढी तातोले कम्पनीमा फलामजन्य सामानहरुको ओसारपसारमा समस्या परेको उनको भनाइ छ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका तापमापक यन्त्रमा छाँयामा ५३ डिग्री र घाम लागेको समयमा ७० डिग्री तापक्रम देखाएको छ ।
कुवेतको छिमेकी मुलुक इराक र इरानको तापक्रम ५१ डिग्री छ ।
एजेन्सीको सहयोगमा
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।