शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अष्ट्रेलियाको सिड्नीमा एक साता थपियो लकडाउन


  • बुधबार, असार २३ २०७८
11.3K
SHARES

फाईल तस्बिर

अष्ट्रेलियाको सिड्नीमा लगाइएको लकडाउन एक सताका लागि थप गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) को जोखिम अझै कायम रहेको भन्दै सिड्नीको लकडाउन एक साताका लागि थप गरिएको हो ।

न्यु साउथ वेल्सको सरकारले न्यु साउथ वेल्सको सरकारले लकडाउनको कारण परिवार र व्यवसायले भोग्नुपरेको दबाब र दुःखबारे जानकार रहे पनि कोरोनाको डेल्टा भेरियन्टको संक्रमण बढिरहेको भन्दै कठिन निर्णय लिनुपरेको बताएको छ । गत जुन २६ मा सिड्नीमा पहिलोपटक लकडाउन गरिएको थियो ।

लकडाउनपछि पनि केही मानिसहरुमा कोरोनाको संक्रमण देखिएको थियो । यसपटक सिड्नीमा कोरोनाको संक्रमण फैलिँदा अहिलेसम्म करिब ३३० संक्रमित फेला परेका छन् । अहिले थप गरिएको लकडाउन ग्रेटर सिड्नीका ५० लाखभन्दा धेरै मानिसहरुलाई लागू हुनेछ । यसअघिको लकडाउन शुक्रबार सकिँदै थियो ।

यससँगै अब सिड्नीको लकडाउन जुलाई १६ सम्मका लागि लम्बिएको छ । न्यु साउथ वेल्सका अधिकारीहरुका अनुसार बुधबार कोरोनाका २७ नयाँ संक्रमित फेला परेका छन् । अधिकारीहरुले मुलुकमा निकै कम मानिसले मात्र कोरोना खोप लगाएकाले कोरोना नियन्त्रणको लागि प्रतिबन्ध लगाउनुको विकल्प नभएको बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा