शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अमेरिकी नागरिकता प्राप्त गर्ने नेपालीको संख्या ५५ हजार


  • मंगलबार, असार २२ २०७८
11.5K
SHARES

फाईल तस्बिर

अमेरिकी नागरिकता प्राप्त गर्ने नेपालीहरुको संख्या ५५ हजार पुगेको छ । अमेरिकी स्टेट डिपार्टमेन्टका अनुसार सन् २०२० मा झन्डै ४८ सय ६ जना नेपाली नागरिकले अमेरिकी नागरिकता प्राप्त गरेका छन् ।

सन् २०२० को पहिलो तीन महिनामा १६ सय ४४ जना , दोस्रो तीन महिनामा १३ सय ५४ जना, तेस्रो तीन महिनामा ६४६ जना र चौथो तीन महिनामा ११ सय ६२ जना नेपलीहरुले अमेरिकी नागरिकता पाएका छन् ।

त्यस्तै सन् २०१९ मा ७ हजार ४ सय ९ जनाले नागरिकता पाएका थिए जसमा ३५ सय ७७ जना महिला र ३८ सय ३२ जना पुरुष रहेका छन् । सन् २०१८ मा ५३ सय ५२ जना नेपालीले नागरिकता लिएका थिए भने २०१७ मा ४५ सय ९ जनाले लिएको स्टेट डिपार्टमेन्टले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा