शनिबार, साउन ३० २०८३
ताजा अपडेट

फिलिपिन्समा सैनिक विमान दुर्घटना, कम्तीमा १७ जनाको मृत्यु


  • आइतबार, असार २० २०७८
8.5K
SHARES

फाइल तस्विर

फिलिपिनी एयर फोर्सको ८५ जना सैनिकसहित उडेको विमान दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा परी कम्तिमा १७ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले बताएको छ ।

फिलिपिन्सको दक्षिणी आइसल्यान्ड जोलोमा आइतबार दुर्घटना भएको र कम्तिमा १७ जनाको मृत्य भएको अधिकारीहरूलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले बताएको छ ।

मृतकको संख्या अझै बढ्ने सम्भावना रहेको अधिकारीहरूले बताएका छन् ।

फिलिपिनी सैन्य प्रमुख सिर्लिटो सोबेजनाले अवतरणका क्रममा विमान धावनमार्ग गुमाएर दुर्घटनामा परेको बताएका छन् । हालसम्म ४० जनाको उद्धार गरिएको जानकारी दिँदै आफूहरूले पूर्ण कोसिस गरिरहेको उनले बताएका छन् ।

साथै यस अगाडि दुई महिना अघि फिलिपिन्समा एउटा सेनाको जहाज दुर्घटना भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा