शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

श्रीलंकाका विदेशमन्त्री भन्छन्- नेपालसँगको सम्बन्ध अझ सुदृढ बनाउन चाहन्छौं


  • शुक्रबार, असार ११ २०७८
11.6K
SHARES

फाइल तस्विर

श्रीलंकाका विदेशमन्त्री दिनेश गुनवार्देनाले नेपालसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन चाहेको बताएका छन् ।

शुक्रबारबाट सुरु भएको कूटनीति सम्बन्धी एक सम्मेलनमा बोल्दै उनले श्रीलंका र नेपालबीचमा लामो समयदेखि प्रगाढ सम्बन्ध रहेको र त्यसलाई अझ सुदृढ बनाउन चाहेको बताए । उनले भने, ‘श्रीलंका नेपालसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन इच्छुक रहेको छ ।’

विदेशमन्त्री गुनवार्देनाले जलवायु परिवर्तन र अन्य विषयमा नेपालले गरिरहेको प्रगतिको प्रशंसासमेत गरेका छन् । जलवायु परिवर्तनको विषयमा सबै मुलुकहरुबीच सहकार्य हुनुपर्ने उनको धारणा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा